स्थापना दिवसमा लायन्स क्लब अफ चौतारीको वडा ३३ मा वृक्षारोपण
पाेखरा | साउन १७, २०८०
पोखरा: लायन्स क्लब अफ चौतारीको स्थापना दिवसको उपलक्ष्यमा पोखरा महानगरपालिका वडा ३३ स्थित भविष्य निर्माण मा.विमा वृक्षारोपण एवं मोनिबेशन कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
सो कार्यक्रममा क्लबका अध्यक्ष सागर ऐर, डिष्टिक चिफ एडभाइजर प्रजापति बास्तोला र पूर्व अध्यक्ष एवं पदाधिकारीले वृक्षारोपण गर्नुभयो । सो अवसरमा बोल्दै ला. मोहन खड्काले शहरबाट नजिकै रहेतापनि शैक्षिक गुणस्तरमा एपं अन्य गतिविधिका लागि लायन्सले योगदान गर्दै आएको बताउनुभयो ।
त्यसैगरी ड्रिष्ट्रिक चिफ एडभाइजर बास्तोलाले लायन्स क्लबले शिक्षा, स्वास्थ्य र मानविय क्षेत्रमा काम गर्दै आएको भन्दै यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइराख्ने बताउनुभयो ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष दिपक सुवेदीले लायन्स क्लब अफ चौतारीले गर्दै आएको गतिविधिको प्रशंसा गर्नुभयो । यस अघि क्लबले शैक्षिक सामाग्री वितरण, सो विद्यालयमा अध्ययनरत भगवती खत्रीको गम्भीर रोगको उपचार लगायतका सहयोगहरु गर्दै आएको क्लबका अध्यक्ष ऐरले बताउनुभयो ।
कार्यक्रममा मोटिबेस्नल स्पिकरका रुपमा रहनुभएका प्रतिभा उ.मा.विका प्राचार्य ला किरण सापकोटाले विद्यार्थीहरुले हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि सर्भरसस्त सपना देख्नुपर्ने र सपना पूरा गर्न मेहेनत, हिम्मत र इमान्दारीता सँगै लिएर हिड्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अर्का मोटिबेस्नल स्पिकर सृष्टि केसीले हरेक क्षेत्रमा मेहेनत, इमान्दारीता र दृढ इच्छा शक्तिका साथ काम गरेमा सफलताका हात पर्ने बताउँदै उहाँले एकले भन्दा एकजुट भएर काम गरेमा शक्ति प्रदान हुने उल्लेख गनुभयो । कार्यक्रममा दृष्टिबिहिन केसीको नृत्यले विद्यार्थीहरुले मनोरञ्जन लिएका थिए ।
सो विद्यालयमा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु रहेको छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले लायन्सको माध्यमबाट गरिएको आँखा शिविरबाट यस अगाडि २१ जना विद्यार्थीलाई चस्मा सिफरिस भएको जानकारी दिनुभयो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

